Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

जग्गा हिनामिनासँग सम्बन्धित घुसको ‘डिल’बारे अडियो सार्वजनिक भएपछि यो प्रकरण अनुसन्धानको दायरामा आएको हो। त्यसपछि अख्तियारले आवश्यक प्रमाण जुटाएर मुद्दा अदालतमा पेस गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया