Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

ओसाका – जापानको ओसाकामा आयोजना भइरहेको विश्व प्रदर्शनी (वर्ल्ड एक्स्पो २०२५) अन्त्य हुने तयारीमा रहँदै गर्दा, आयोजकले यस कार्यक्रम नाफामा जाने निश्चित भएको जनाएको छ । आयोजकका अनुसार एक्स्पोले करिब २३ अर्बदेखि २८ अर्ब येनसम्म नाफा कमाउने अनुमान गरिएको छ ।

यो नाफाको मुख्य कारण टिकट बिक्री रहेको बताइएको छ । साथै, प्रदर्शनीसँग सम्बन्धित वस्तुहरू, खाना र पेय पदार्थको बिक्रीले पनि आम्दानी बढाउन मद्दत गरेको छ । जापान एसोसिएसन फर द २०२५ वर्ल्ड एक्स्पोजिसनको मंगलबार बसेको अन्तिम विशेष बैठकमा सो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रम आगामी सोमबार समापन हुने तयारीमा छ ।

संस्थाका अध्यक्ष तथा जापानको सबैभन्दा ठूलो व्यवसायिक संघ केदानरेन (Keidanren) का पूर्वअध्यक्ष मासाकाजु तोकुराले नाफालाई एक्स्पोको विरासत नयाँ पुस्तासम्म पुर्‍याउने कार्यमा प्रयोग गरिने बताएका छन् । उनका अनुसार कार्यक्रमलाई नाफा–नोक्सानी बिना सञ्चालन गर्नु नै आयोजकहरूको मुख्य लक्ष्य थियो र त्यसमा सफलता प्राप्त भएको छ ।

बैठकमा एक्स्पो स्थलको मुख्य आकर्षण ग्रान्ड रिङ (Grand Ring) भनिने काठको विशाल छानालाई आंशिक रूपमा जोगाउने निर्णय पनि गरिएको छ । साथै, स्थलको मर्मत र संरचना फुकाल्ने कार्यका लागि राखिएको रिजर्भ फण्ड प्रयोग गर्ने विषयमा समेत छलफल भएको छ ।

आयोजकका अनुसार शुक्रबारसम्म करिब २२.०७ मिलियन टिकट बिक्री भइसकेको छ भने आइतबारसम्म साधारण आगन्तुकको संख्या २३ मिलियन नाघिसकेको छ। समापन समारोहसम्म कुल आगन्तुक संख्या २५ मिलियनभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।  ऐजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया