काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आन्दोलनकारीको अवरोधका कारण सिंहदबार जल्दा महानगरको दमकल जान नसकेको बताएका छन् । सिंहदरबारमा भएको आगलागीबारे मंगलबार फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै शाहले घटनामा आफू र महानगरको भूमिका विवादित बनाउने अभिव्यक्तिहरूको स्पष्टीकरण दिएका हुन् ।
‘सिंहदरबार जलेलगत्तै दमकल जाने प्रयास गरेता पनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भीड अलिक शान्त हुनेबित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो ।’








