Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानको मौसम विज्ञान एजेन्सीका अनुसार शक्तिशाली सामुद्रिक आँधी ‘हालोङ’ जापानको दक्षिणतर्फ प्रशान्त महासागरमा पश्चिम दिशातर्फ अघि बढिरहेको छ । जापानी अधिकारीहरूले आँधी बिहीबार जापानको इजु टापु नजिक पुग्दा अझ शक्तिशाली बन्ने चेतावनी दिएका छन् ।

मंगलबार दिउँसो १२ बजेसम्मको जानकारी अनुसार, आँधी ‘हालोङ’ प्रशान्त महासागरमा जापानको दक्षिण क्षेत्रमा १५ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । यसको केन्द्रमा वायुमण्डलीय चाप ९७० हेक्टोपास्कल रहेको छ भने केन्द्र नजिकै १४४ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावा चलिरहेको छ ।

आँधीको सबैभन्दा तीव्र गति १९८ किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ । आँधीको केन्द्रबाट ५५ किलोमिटरको दायराभित्र ९० किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढीको गतिमा तीव्र हावा चलिरहेको छ । मौसम अधिकारीहरूले ओगासावारा टापुका बासिन्दाहरूलाई तीव्र हावाहुरी र अग्ला समुद्री छालहरूबाट सचेत रहन आग्रह गरेका छन् ।

आँधी थप विकसित भई बिस्तारै उत्तरपूर्व दिशातर्फ मोडिने सम्भावना रहेको छ । बिहीबारसम्ममा यो इजु टापु नजिक ‘अत्यन्त शक्तिशाली आँधी’ का रूपमा पुग्न सक्ने अनुमान गरिएको छ । इजु टापु र यसका वरपरका क्षेत्रमा बुधबारदेखि नै तीव्र हावा र समुद्री छालहरू बढ्ने अनुमान गरिएको छ, जुन बिहीबार अझै सशक्त हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया