Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा झापाको दमक–३ मा रहेको भ्यु टावरमा आगजनी र तोडफोड हुँदा करिब साढे २५ करोड रुपैयाँको क्षति पुगेको छ। सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख रमेश थिङका अनुसार एक अर्ब ६४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको भ्यु टावर सञ्चालनमा आएको दुई महिनामै क्षति भएपछि अहिले बन्द गरिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मंसिर २३ गते उद्घाटन गरेकाे भ्यु टावर २०८२ साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा बनेको यो टावरबाट दृश्यावलोकनका लागि जनता आकर्षित भएका थिए। १८ तले भ्यु टावरका सबै सिसा फुटाइएका छन्। गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट र कर्मचारी भवनमा आगजनी गरिएको छ। टावरको भित्र पनि आगो लगाइएको थियो, तर अटोमेटिक पानी झर्ने प्रणाली (स्प्रिंकलर) का कारण भित्र ठूलो क्षति हुन पाएन।

टावर खुल्ला भएको पहिलो महिनामा ६ हजार ७१३ जनाले अवलोकन गरेका थिए र पार्किङ तथा टिकट शुल्कबाट ६ लाख ७९ हजार रुपैयाँ आम्दानी भएको थियो। २३ भदौसम्म थप १ हजार ९५५ जनाले टावर अवलोकन गरेका थिए र सो अवधिसम्म कुल २ लाख ५ हजार ५३० रुपैयाँ संकलन भएको थियो।

तपाईको प्रतिक्रिया