Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो– टोकियोको शिबुयाका लागि छुटेको एउटा स्थानीय रेल आइतबार राति सेवा बाहिरको अर्को रेलसँग ठोक्किएको छ । उक्त दुर्घटनामा परेर पछिल्लो रेल आंशिक रूपमा पटरीबाट खसेको छ, जसका कारण बिहानको यात्रुहरूका लागि लामो ढिलाइ भएको टोक्यु रेलवेले जनाएको छ ।

कान्गावा प्रिफेक्चरको कावासाकीस्थित काजिगाया स्टेशन नजिकै टोक्यु डेन-एन-तोशी लाइनमा राति ११:०५ बजेतिर यो टक्कर भएको थियो । यस दुर्घटनाका कारण सोमबार बिहानैदेखि शिबुया र सागिनुमा स्टेशनहरू बीचको रेल सेवा निलम्बित भएको छ । यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

टोक्युका अनुसार, एक जना अप्रेंटिस चालक र एक प्रशिक्षकद्वारा सञ्चालित सेवा बाहिरको रेल काजिगाया स्टेशन नजिकैको डिपोतर्फ गइरहेको थियो । तर, अत्यधिक गतिका कारण चेतावनी संकेत पाएपछि त्यो आफ्नो सही स्थानमा नपुग्दै रोकिएको थियो ।

रेल रोकिएको स्थान यस्तो थियो कि त्यसको अन्तिम डिब्बा अर्को रेलको मार्गमा परेको थियो, जुन १४९ यात्रु बोकेर स्टेशनमा आइपुग्दै थियो । ठक्करपछि सेवा बाहिरको रेल आंशिक रूपमा पटरीबाट खसेको थियो ।

स्थानीय रेलका यात्रुहरू स्टेशनमा सकुशल ओर्लन सफल भएका थिए । यस दुर्घटनाको अनुसन्धान कान्गावा प्रिफेक्चरल प्रहरी र जापान यातायात सुरक्षा बोर्डले गरिरहेका छन्, जसले घटनास्थलमा दुई जना अनुसन्धानकर्ता पठाएको छ ।

सरकारका शीर्ष प्रवक्ता योशिमासा हयाशीले भने कि भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले दुर्घटनाको कारणको मूल्याङ्कनपछि टोक्यु रेलवेलाई आवश्यक सुरक्षा निर्देशन दिनेछ । मुख्य क्याबिनेट सचिवले भने, ‘यातायात सुरक्षा सुनिश्चित गर्नु रेलवे सञ्चालकको सबैभन्दा महत्त्वपूर्ण कार्य हो ।’

डेन-एन-तोशी लाइनमा योकोहामाको व्यस्त टामा-प्लाजा स्टेशन सोमबार बिहान ढिलाइ भएका यात्रुहरूले खचाखच भरिएको थियो । ‘यो डरलाग्दो अवस्था हो,’ नजिकै बस्ने यात्रु योशिकी नकात्सुले भने, ‘मलाई लाग्दैन कि सेवा चाँडै पुनः सञ्चालन हुनेछ, र मलाई पछि घर फर्किने बेलाको चिन्ता लागेको छ ।’

तपाईको प्रतिक्रिया