Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – निरन्तर वर्षापछि आएको बाढी र पहिरोका कारण भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको जनाएका छन्। मृत्यु हुनेमध्ये धेरैजना नेपालीभाषी भएको बताइएको छ।यो वर्षाले पछिल्ला १० वर्षयताकै ठूलो पहिरो ल्याएको छ, जसले दार्जिलिङ, मिरिक, खरसाङ र कालेम्बुङलगायत क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। पहिरोले घर बगाएको र सडकहरू अवरुद्ध भएको छ।

भारतले नेपाल सीमावर्ती मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकहरूलाई पनि आफ्नो गणनामा समावेश गरेको छ। त्यहाँ १८ जना भारतीय र ५ जना नेपालीको मृत्यु भएको बताइएको छ। राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र दार्जिलिङ–जलपाइगुडी प्रशासनका अनुसार सरसाली, जसबीरगाउँ, मिरिक बस्ती, धार गाउँ (मेची), मिरिक ताल क्षेत्र र नागरकाटा क्षेत्रमा बढी जनधनको क्षति भएको छ। पहिरोका कारण सयौँ पर्यटक अलपत्र परेका छन् भने मिरिक र दुधियाबीचको फलामे पुल समेत क्षतिग्रस्त भएको छ।

दार्जिलिङमा घर गुमाएका ४० भन्दा बढी स्थानीय मिरिकको सामुदायिक हलमा बनेको राहत शिविरमा आश्रय लिइरहेका छन्। स्थानीय राजन क्षेत्रीले परिवारका सदस्यहरूसहित आफ्नो घर बगाएको बताए। आइतबार मात्रै बाढी प्रभावित क्षेत्रबाट १६० भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो।

यसैबीच, दार्जिलिङसँग जोडिएको नेपालको इलाममा पनि लगातार वर्षापछि गएको पहिरोमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

तपाईको प्रतिक्रिया