Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा सामान्य रूपमा सञ्चालनमा आएको छ। गत शुक्रबार र शनिबारको लगातार वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम रहेको भन्दै आइतबार राति ९ बजेपछि सार्वजनिक र निजी सवारीसाधनको आवतजावत रोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सडक सुरक्षित भएपछि यातायात पुनः सञ्चालनमा आएको हो। यातायात खुलेसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।

चितवनका १४ वटा स्थानमा स्थापना गरिएका विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका छोटा र ठूला दुरीका सवारीसाधन पनि अहिले यात्रा सुरु गरिरहेका छन्।

तपाईको प्रतिक्रिया