Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानको मध्य क्षेत्रस्थित नाबारी शहरमा शुक्रबार बिहान एउटा मिनी-भ्यान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार, तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भई पल्टिँदा यो भयानक दुर्घटना भएको हो ।

शुक्रबार बिहान करिब १२:१० बजे एक बटुवाले नाबारी शहरको राष्ट्रिय राजमार्गमा एउटा मिनी-भ्यान पल्टिएको र तीन जना रक्ताम्य अवस्थामा सडकमा लडिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । दुर्घटनामा परेका ६ जनालाई तत्काल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा दुई पुरुष र तीन महिलालाई मृत घोषणा गरियो । अर्का एक पुरुषको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको यो दुई लेनको राष्ट्रिय राजमार्ग नाबारी शहरको पहाडी क्षेत्रमा पर्दछ । प्रहरीले मृतकहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ भने दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट गाडीमा क्षमताभन्दा बढी यात्रु रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया