Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – गत भदौमा भएको जेनजी आन्दोलनले देशभरका सरकारी संरचनामा ठूलो क्षति पुर्‍याएपछि सरकारले पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको छ ।

सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास लगायतका महत्वपूर्ण पूर्वाधारहरूमा आगजनी र तोडफोडबाट भएको क्षतिको मर्मतका लागि सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ गठन गरी ‘पुनर्निर्माण कोष’ खडा गरेको छ ।

अर्थ मन्त्रालयको अनुरोधमा विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले कतार, कुवेत, इजरायल लगायतका देशमा रहेका नेपाली समुदायलाई कोषमा सहयोग गर्न आग्रह गरेका छन् ।

यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि ‘एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत सबै गैरआवासीय नेपालीहरूलाई मातृभूमिको पुनर्निर्माणमा सक्रिय योगदान गर्न आह्वान गरेको छ । एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले भूकम्प र बाढी जस्ता संकटमा जस्तै यसपटक पनि राष्ट्रलाई सहयोग गर्न जोड दिएका छन् ।

यो अभियानले देशको भौतिक पूर्वाधारको पुनर्निर्माण र प्रशासनिक सेवाहरूको पुनर्स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया