Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो- संयुक्त राज्य अमेरिका (अमेरिका) को वार्षिक प्रतिवेदनले भनेको छ कि जापानले मानव बेचबिखन उन्मूलनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गर्ने दिशामा “महत्वपूर्ण प्रयास” गरेको छ । तर अझै पर्याप्त काम नभएकाले अमेरिकी विदेश मन्त्रालयको चार तहको सूचीकृत मापनमा जापानलाई दोस्रो तह (Tier 2) बाट माथि सारिएको छैन ।

२०२५ को प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा सुधार भएता पनि  तर “श्रम बेचबिखन र बाल यौन बेचबिखनका लागि जापानले दायर गरेका आपराधिक मुद्दाहरू शोषणको परिमाणको तुलनामा अझै कम रहेका” प्रष्ट्याएको छ । तर यसले स्वीकार गरेको छ कि जापानले २०२७ मा आप्रवासी श्रमिकहरूको अधिकार सुरक्षामा सुधार ल्याउने नयाँ प्रणाली ल्याउने तयारी गरेको छ ।

जापानको हालको विदेशी प्रशिक्षार्थी कार्यक्रममा रोजगारी परिवर्तन गर्न नभएकाले प्रायः जबरजस्ती श्रम वा सस्तो श्रमिक आयात गर्ने आवरणका रूपमा आलोचना भोग्दै आएको छ । नयाँ प्रणालीले सन् १९९३ मा सुरु गरिएको विवादास्पद प्रशिक्षार्थी कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ, जुन विकासशील देशहरूमा सीप हस्तान्तरण गर्ने उद्देश्यले ल्याइएको थियो ।

जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले मंगलबार भने कि टोकियोले अमेरिकी कानुनका आधारमा तयार गरिएको प्रतिवेदनमा प्रत्यक्ष टिप्पणी गर्न नसके पनि, जापानले मानव बेचबिखनका मुद्दाहरू सम्बोधन गर्ने र “स्वदेश तथा विदेश दुबैमा निरन्तर र विस्तृत व्याख्याद्वारा हाम्रा प्रयासहरूको उचित बुझाइ सुनिश्चित गर्ने” काम गर्नेछ ।

नवीनतम Trafficking in Persons Report (TIP Report) ले ३३ देश र क्षेत्रलाई Tier 1 समूहमा राखेको छ, जुन यस मूल्याङ्कन प्रणालीको उच्चतम तह हो । यीमा अष्ट्रेलिया, बहराइन, बेलायत, फिनल्यान्ड, फिलिपिन्स, सिङ्गापुर, दक्षिण कोरिया, ताइवान र संयुक्त राज्य अमेरिका समेत परेका छन् । यी देशहरूलाई मानव बेचबिखनविरुद्ध “प्रशंसनीय प्रगति” देखाउँदै प्रयास गरेका र प्रतिवेदनले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका भनेर मानिएको छ।

यसैबीच, चीन, इरान, म्यानमार, उत्तर कोरिया, रूस र सिरियाजस्ता मानव अधिकारको कमजोर अभिलेख भएका देशहरू Tier 3 (न्यूनतम स्तर) मा यथावत राखिएका छन् । अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा समेटिएका अधिकांश देशहरू Tier 2 श्रेणीमा छन्, जसमा भारत, इन्डोनेसिया, इटाली, स्विट्जरल्याण्ड र थाइल्यान्ड पनि परेका छन् । त्यस्तै, Tier 2 Watch List भन्ने अर्को स्तर पनि छ, जसमा मानव बेचबिखनको प्रभाव ठूलो र बढ्दो पाइने देशहरू राखिएका छन् । यस सूचीमा ब्राजिल, ब्रुनेई, नेपाल, नाइजर र दक्षिण अफ्रिका रहेका छन् ।

तपाईको प्रतिक्रिया