समाचार सुन्नुहोस :
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
मन्त्री खरेलको सचिवालयका अनुसार भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र नेपाल–अमेरिका सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो। भेटका क्रममा मन्त्री खरेलले जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तन र वर्तमान सरकारका प्राथमिकताबारे राजदूतलाई जानकारी गराएका थिए।
राजदूत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई र शुभकामना व्यक्त गरेका थिए।








