समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा पुगेको छ। बुधबार भने सुन प्रतितोला २ लाख २३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ६८५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।








