Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपालको राजनीतिमा नयाँ तरङ्ग ल्याउने गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने संकेत दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तनबारे पार्टीभित्र गहन छलफल भइरहेको र महाधिवेशनसम्म पुग्दा यसको टुङ्गो लाग्ने स्पष्ट पारे । प्रचण्डको यो भनाइलाई विशेष चासोका साथ हेरिएको छ, किनभने हालै भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ताको आन्दोलन’ मा युवाहरूले राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने भन्दै सशक्त आवाज उठाएका थिए ।

प्रधानमन्त्री भइसकेका र लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका नेताहरूमाथि नेतृत्व हस्तान्तरणका लागि चर्को दबाब परिरहेका बेला प्रचण्डको यो अभिव्यक्तिले माओवादी केन्द्रभित्र पनि आन्तरिक रूपमा नेतृत्व परिवर्तनको बहस तीव्र बनेको पुष्टि हुन्छ । सञ्चारकर्मीहरूले ‘नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि ?’ भनी प्रश्न गर्दा प्रचण्डले भने, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

बुधबारको स्थायी कमिटी बैठक केन्द्रीय कमिटीको एजेन्डा तय गर्न बसेको थियो । यस बैठकले आगामी महाधिवेशनका लागि मार्गप्रशस्त गर्ने र नेतृत्व परिवर्तनको विषयलाई समेत आधिकारिकता दिने अपेक्षा गरिएको छ । माओवादी केन्द्रको महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ र त्यसले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया