समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी भागेको १४ दिनपछि पुन: कारागार फर्किएका छन्।
जेन–जी आन्दोलनको मौका पारी भदौ २४ गते सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका रायमाझी सोमबार साँझ आफैं फर्किएका हुन्। उनीसँगै सोही दिन सुन्धारा कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका थिए।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए।








