Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग मंगलबार भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ्ग सोङ्गले छुट्टाछुट्टै भेट गरेका छन्। जेन-जी आन्दोलनपछि दुई छिमेकी मुलुकका राजदूतहरूले वर्तमान परिस्थितिबारे छलफल गरेका हुन्।

भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतको पुरानो सम्बन्धको चर्चा गर्दै भारतले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले हालको चुनौतीपूर्ण अवस्थामासमेत दातृ मुलुकसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिन आवश्यक रहेको बताए। भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको नजिकको छिमेकी भएको भन्दै विशेष सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्धता जनाए। साथै, भारतले सञ्चालन गरेका विकास आयोजनामा गति दिने, लगानीकर्ताको मनोबल उच्च राख्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिए।

त्यसैगरी, चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीनलाई असल छिमेकी भन्दै निरन्तर सहयोगप्रति धन्यवाद दिए। उनले सरकारको प्रमुख उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताए। साथै, बैंकिङ क्षेत्रको सहकार्य विस्तार, चीनको बैंकको शाखा नेपालमा स्थापना, निर्यात भुक्तानी सरल बनाउने र चिनियाँ लगानीकर्तालाई आकर्षित गर्न पहल गरिदिन आग्रह गरे।

राजदूत सोङ्गले चीन सधैं नेपाली जनताको छनोटको सम्मान गर्ने बताउँदै नेपालप्रति सहयोग निरन्तर रहने स्पष्ट गरे। उनले चीनको सहयोगमा भइरहेका परियोजना सन्तोषजनक रूपमा अघि बढिरहेको र लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया