समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली सेनाले भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ। शुक्रबार सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनामा सेनासम्बन्धी सही जानकारी प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गरिँदै आएको उल्लेख छ।
सूचनामा भनिएको छ, “हालको परिस्थितिमा सेनालाई जोडेर विभिन्न टिप्पणी र विश्लेषणहरू फैलाइएको पाइन्छ। तर, सेनाले आफ्नो धारणा र गतिविधिहरू आधिकारिक माध्यममार्फत नै सार्वजनिक गर्दै आएको छ। त्यसैले झुट्टा समाचारमा विश्वास नगर्न सबैलाई अनुरोध गर्दछ।”
साथै, सेनासम्बन्धी थप जानकारी वा समन्वयका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय पृतना हेडक्वार्टरसँग सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।
स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरू
पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ्ग, सुनसरी, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा)– ९८५२०८१७०४
मध्य पूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) – ९८५४०२०७७२
मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ्ग, चितवन)– ९८६३०२८८८४
पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ्ग, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग)–९८५६०११४३९
मध्य पश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, दाङ्ग, प्युठान, रोल्पा, सल्यान, रूकुम पूर्व र रूकुम पश्चिम)–९८६३०२९१३७
उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला) – ९८६३०२९१७७
सुदूर पश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरा, बैतडी, दार्चुला, बझाङ्ग)– ९७६२३०६५६१
उपत्यका क्षेत्र (काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक) – ९८६०११३६२२








