समाचार सुन्नुहोस :
काठमाडौँ – सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्म सबै पेसी स्थगित गरिएको छ।
मुख्य रजिस्ट्रार बिमल पौडेलका अनुसार आज र भोलिदेखि तोकिएका मुद्दाहरूको सुनुवाइ हुने छैन। उनले मंगलबारको घटनामा सर्वोच्च अदालतका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएको बताए।
जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्चमा आगजनी हुँदा धेरै महत्वपूर्ण मुद्दाका कागजात र संरचनामा क्षति पुगेको थियो। यसअघि मंगलबारका सुनुवाइ पनि रोकिएका थिए।








