समाचार सुन्नुहोस :
काठमाडौँ – सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालको विषम परिस्थितिमा लगानीकर्ताबाट माग बढेकाले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय गरिएको हो।
शुक्रबार र शनिबार नेप्सेमा नियमित रूपमा कारोबार नहुने भएकाले बजार आइतबारपछि मात्र खुल्नेछ। मंगलबार पनि बजार बन्द भएको थियो।
प्रकाशित मिति: बुधबार भदौ २५, २०८२
प्रकाशित समय: १३:५३:५२








