Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – सरकारको निर्मम दमनपछि जेन-जी आन्दोलनले हिंसात्मक रूप लिएसँगै नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड सम्हाल्ने भएको छ ।  सेनाले रातिदेखि पूर्ण रूपमा परिचालित हुने घोषणा गरेको हो । 

प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरअघि मात्रै सम्बोधन गर्दै प्रदर्शनकारीहरूलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका छन् । उनले सेनाले हालसम्म बल प्रयोग नगरेको बताउँदै अब उप्रान्त आन्दोलनका नाममा विध्वंश मच्चाउनेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् । सेनाले आफूसहित अन्य सुरक्षा निकायहरू पनि तैनाथ रहने जानकारी गराएको छ ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका गतिविधिहरू नगर्न/नगराउन नेपाली सेना पुनः हार्दिक आग्रह गर्दछ । यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं ।’

सेनाले सबैलाई सहयोगको लागि हार्दिक अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया