काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा थुनामा रहेको नख्खु कारागारबाट छोडिएको छ । प्रहरीले सुरक्षा दिन असमर्थ भएपछि उनलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएर छोडिएको हो ।
सहकारी ठगी प्रकरणमा मुछिएपछि उनको राजनीतिक भविष्य अन्योलमा परेको थियो । यद्यपि, आजको रिहाइले उनलाई राजनीतिक गतिविधिमा फर्कने बाटो खुलाएको बताइन्छ ।








