Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ड्यालस, न्यूयोर्क र क्यानडामा जेन–जी युवाको सक्रिय सहभागितासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ड्यालसमा नेपाली समाज, टेक्सस, पशुपतिनाथ तथा बौद्ध बिहार, एनआरएनएसहितका संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा करिब पाँच हजार विद्यार्थी सहभागी भएको नेपाली समाजका महासचिव विजय भुसालले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले सरकारी दमन र विद्यार्थीको हत्या प्रकरणप्रति आक्रोश व्यक्त गर्दै मैनबत्ती बालेर मौन श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले “भ्रष्टाचार रोक”, “मानव अधिकार हनन भयो”, “जनता मार्न पाइँदैन”, “नेपालका युवाको आवाज सुन्नुपर्छ”, “कालो दिन, अस्ताएका सपनाहरू” र “रेमिट्यान्स पठाउन बन्द गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शनसमेत गरे।सहभागीहरूले एकताबद्ध भएर नेपाल सरकारप्रति असन्तोष जनाउँदै न्याय र परिवर्तनको माग दोहोर्याए।

यस्तै, न्यूयोर्कमा नेपाली समाज, न्यूयोर्कलगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा करिब १ हजारदेखि १५ सय नेपालीहरूको उपस्थिति रहेको बताइएको छ। त्यसैगरी, क्यानडाको सिटी हलमा आयोजित कार्यक्रममा करिब ४ देखि ५ हजार नेपालीहरूले उत्साहपूर्वक सहभागिता जनाएको डा. तुलसी धरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया