समाचार सुन्नुहोस :
काठमाडौँ – सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध बुटवलमा जेनजी पुस्ताका युवाले प्रदर्शन गरेका छन्। उनीहरू भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजिएको भन्दै सडकमा उत्रिएका हुन्।
बिहानैदेखि प्लेकार्ड बोकेर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका थिए। ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताले पसिना बगाउँछन्’, ‘भ्रष्टाचार अन्त्य गर, सामाजिक सञ्जाल होइन’ जस्ता नारा लगाएर उनीहरूले असन्तुष्टि जनाए।
प्रदर्शनका क्रममा युवाहरूले रुखविरुवा नष्ट नगर्ने, सार्वजनिक सम्पत्ति तोडफोड वा आगजनी नगर्ने, धम्की नदिने र सभ्य तरिकाले आफ्नो आवाज उठाउने प्रतिज्ञा गरेका छन्।








