समाचार सुन्नुहोस :
काठमाडौँ- सुनको मूल्य लगातार नयाँ रेकर्ड बनिरहेको छ। आइतबार अघिल्लो कारोबार दिनभन्दा प्रतितोला १६ सय रुपैयाँले बढ्दै सुन २ लाख १२ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यो मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ थियो।
चाँदीको भाउ पनि बढेर नयाँ रेकर्ड कायम भएको छ। आइतबार चाँदी प्रतितोला २५ सय रुपैयाँमा कारोबार भयो। जुन हालसम्मकै उच्च हो। यसअघि अघिल्लो दिन २४९० रुपैयाँमै नयाँ रेकर्ड बनेको थियो।








