Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वाम एकताबारे पछिल्ला दिनमा निरन्तर छलफल भइरहेको छ। मंगलबार दुवै नेताले निकटस्थ नेताहरूलाई सँगै राखेर काठमाडौंको आलोकनगरस्थित कार्यालयमा बैठक गरे पनि ठोस निष्कर्षमा पुग्न सकेनन्।

छलफलमा माओवादी केन्द्रबाट देव गुरुङ, जयपुरी घर्ती लगायत सहभागी थिए भने समाजवादीतर्फबाट राजेन्द्र पाण्डे, प्रमेश हमाल, रामकुमार भट्टराई लगायतका नेता उपस्थित थिए।बैठकमा प्रचण्डले अघिल्लो नेकपा कालमै विचार र दस्तावेज मिलिसकेको भन्दै अब संगठन पनि सहजै मिल्न सक्ने बताउँदै छिट्टै ‘सर्प्राइज’ एकता गर्नुपर्नेमा जोड दिए। तर, नेपालले अझै वैचारिक, राजनीतिक र सांगठनिक कुरामा सहमति आवश्यक रहेको बताएका थिए।

प्रदेशस्तरका नेताहरूले पनि एकताको खाँचो औंल्याए तर त्यो एकता संकट व्यवस्थापनका लागि मात्र हो वा दीर्घकालीन हो भन्ने प्रश्न उठाएका थिए। तर दुवै शीर्ष नेताले प्रस्ट जवाफ दिन सकेनन्। माओवादी महासचिव देव गुरुङ र समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले छलफल समाजवादी मोर्चा सक्रिय बनाउने र वामपन्थी दलबीच सहकार्य बढाउने विषयमै केन्द्रित भएको बताएका छन्। उनीहरूले तत्काल एकताबारे कुनै ठोस निर्णय नभएको स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया