Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो–२०२५’मा अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। पहिलो दिन करिब १९ हजार ७ सयले अवलोकन गरेका शोमा दोस्रो दिन झन्डै २९ हजार पुगेका छन्। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसनका अनुसार यो संख्या अपेक्षाभन्दा बढी हो।

अटो शोमा २ करोड २० लाख रुपैयाँसम्मका महंगा गाडी, अत्याधुनिक इलेक्ट्रिक सवारीसाधन र ‘उड्ने कार’ प्रदर्शनीमा छन्। युनिट्री रोबोटिक डग, अत्याधुनिक रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी दर्शकका लागि मुख्य आकर्षण बनेका छन्। ८ भदौसम्म चल्ने शोमा ब्याट्री, टायरदेखि विभिन्न कम्पनीका सवारीसाधन अवलोकन र बुकिङ गर्न पाइनेछ। साथै, कम्पनीहरूले विशेष अफर पनि सार्वजनिक गरेका छन्।

शोको उद्घाटन प्रधानमन्त्रीले गरेका थिए भने अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्री पनि उपस्थित थिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत भिआईपीहरू समेत शो हेर्न पुगेका छन्। उनीहरूले उड्ने ट्याक्सी अवलोकन गर्दै फोटोसमेत खिचाए।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार आकर्षक गाडी, रोबोट, वित्तीय संस्था र बीमा कम्पनीका स्टलहरूले अवलोकनकर्तालाई आकर्षित गरेका छन्। उनले यस वर्षको अटो शो अपेक्षाभन्दा सफल हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया