Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कुवेतमा निधन भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ। नेपाली दूतावास कुवेतका अनुसार यी शवहरू परिवारलाई बुझाइएको छ भने, अर्को एक जनाको शव बुधबार पठाइने तयारी भइरहेको छ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अघिल्लो साता विषाक्त मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको थियो। बाँकी मृतकको शव नेपाल पठाउने प्रक्रिया जारी छ। हाल पनि १५ जना बिरामी कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन्, जसमध्ये १२ जना आईसीयूमा छन्।

कुवेतमा मदिरा बेचबिखन प्रतिबन्धित भए पनि लुकीछिपी बिक्री हुने गरेको छ। त्यही विषाक्त मदिरा सेवनका कारण नेपाली प्रभावित भएका हुन्। घटनामा केही नेपाली पक्राउ परेका छन् भने दूतावासले यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ।

यस विषयमा आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले संसद्‌मा स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। कुवेतमा हाल करिब १ लाख ३० हजार नेपाली कार्यरत रहेका छन्।

तपाईको प्रतिक्रिया