Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। अमेरिकी कानुन उल्लङ्घन गरेको र भिसाको म्याद सकिएपछि पनि बसिरहेकाले यस्तो कदम चालिएको हो। मन्त्रालयका अनुसार उल्लङ्घनका धेरै घटना कुटपिट, नशा गरेर गाडी चलाउने, लुटपाटमा संलग्न हुने र आतंकवादलाई समर्थन गर्ने जस्ता गतिविधिसँग जोडिएका छन्।

ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहेको बेला यो निर्णय लिएको हो। तर आतंकवादलाई समर्थनको अर्थ भने मन्त्रालयले स्पष्ट गरेको छैन। केही विद्यार्थीलाई प्यालेस्टाइनको समर्थनमा गरेको प्रदर्शनका कारण निशाना बनाइएको बताइएको छ। भिसा रद्द भएका मध्ये करिब चार हजार कानुन उल्लङ्घनसँग सम्बन्धित छन् भने २०० देखि ३०० विद्यार्थीको भिसा आतंकवादसँग जोडिएको भन्दै खारेज गरिएको छ।

यस वर्षको सुरुवातमा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्युल रोकिदिएको थियो। जुन महिनाबाट पुनः सुरु गर्दा आवेदकलाई आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो।

तपाईको प्रतिक्रिया