Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार नेपाली रुपैयाँ अमेरिकी डलरसँग कमजोर देखिएको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

पछिल्लो समय अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । यसले गर्दा नेपाली मुद्रा कमजोर बन्दै गएको हो । डलरको मूल्य बढ्दा विदेशबाट आयात हुने सामानको मूल्य बढ्नेछ भने विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्सको आम्दानी भने बढ्नेछ ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा कायम भएको छ । अर्कोतर्फ, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ४५ पैसा र बिक्रीदर १७४ रुपियाँ १९ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ११ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा तथा कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

तपाईको प्रतिक्रिया