Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – फुकुशिमा प्रिफेक्चरको आइझुवाकामात्सु शहरमा रहेको एक पाचिन्को पार्लरमा मंगलबार बिहानै एक व्यक्तिले १० मिलियन येन (करिब १ करोड नेपाली रुपैयाँ) भन्दा बढी नगद लुटेर फरार भएका छन् ।

प्रहरीका अनुसार, घटना मंगलबार बिहान करिब २ बजे, पाचिन्को पार्लर बन्द भएलगत्तै भएको थियो । एक अपरिचित व्यक्ति कार्यालयमा जबर्जस्ती प्रवेश गरी त्यहाँ कार्यरत २० वर्षीय पुरुष कर्मचारीलाई बन्दुक जस्तो देखिने हतियार देखाएर धम्क्याएका थिए ।

आक्रमणकारीले पैसा मागे र नगद लिएर फरार भए सुरक्षा क्यामेराको फुटेजमा लुटपाटको दृश्य कैद भए पनि ती व्यक्तिले आफ्नो अनुहार क्यामेराबाट लुकाएका थिए । अनुहारको केही भाग ढाकेका लुटेरा पैदल नै घटनास्थलबाट भागेको र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

पछिल्लो विवरण अनुसार, लुटिएको रकम करिब २८ मिलियन येन पुगेको र घटनामा एकजना युवक संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सीसीटीभी फुटेजको विश्लेषण गर्दै घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया