Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिबलको ७८औं संस्करणमा नेपाली अभिनेता प्रदीप खड्काले रेड कार्पेटमा पाइला टेकेका छन्। विज्ञान-आधारित फिक्शन चलचित्र ‘एक्लो’ को प्रतिनिधित्व गर्दै नेपालबाट सो चलचित्रको टिम सहभागी भएको हो। जसमा प्रदीप खड्कासँगै निर्देशक प्रदीप शाही पनि सहभागी छन्।

यस पटकको कान्स फिल्म मार्केट ‘मार्चे दु फिल्म’ मा नेपाली फिल्म ‘एक्लो’ले सम्भवत: पहिलो पटक स्टल राखेर अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुति दिएको उल्लेख गरिएको छ। उक्त स्टलमा नेपाललाई चिनाउने झण्डासमेत राखिएको थियो।

चलचित्रका निर्माता रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, र उत्सव विष्ट मार्केटमा सहभागी भएका छन् भने को-डिरेक्टर रिस्ता कार्की बजारीकरण प्रमुखको रूपमा संलग्न छिन्। निर्देशक प्रदीप शाही स्वयम् प्रोड्युसर्स नेटवर्कमा सहभागी छन्। ‘हामीले यस वर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ,’ निर्देशक शाहीले भने ।

CG ग्रुपले प्रस्तुत गरेको ‘एक्लो’ मा प्रदीप खड्कासँगै बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, कविता नेपाली, त्रिचु राई, र कृष्णभक्त महर्जन जस्ता कलाकारहरूको अभिनय देख्न सकिनेछ।

 

 

 

तपाईको प्रतिक्रिया