Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा वार्ताका लागि आह्वान गर्दै वर्तमान द्वन्द्वको दिगो समाधान खोज्न संवाद अपरिहार्य भएको बताएका छन् । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले १५ मेभित्र वार्ता प्रक्रिया सुरु गर्नु समयानुकूल हुने धारणा व्यक्त गरे ।

‘हामी गम्भीर र सार्थक वार्ताका पक्षमा छौँ । अहिलेको द्वन्द्वको जरोलाई पहिचान गरेर स्थायी शान्तिको बाटोमा अगाडि बढ्न चाहन्छौँ,’ पुटिनले सम्बोधनमा भने ।

पुटिनको यो अभिव्यक्ति बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको हालै सम्पन्न युक्रेन भ्रमणपछि आएको हो । भ्रमणका क्रममा दुबै नेताले रुसलाई ३० दिने युद्धविराम तुरुन्त लागू गर्न आग्रह गरेका थिए । त्यसलगत्तै मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै शान्तिका पहलहरू सोचनीय भए पनि बाह्य दबाब अस्वीकार्य हुने चेतावनी दिएको थियो।

पुटिनले संवादका सबै ढोका खुला रहेको स्पष्ट गर्दै वार्ताको सम्भावित स्थलका रूपमा टर्कीको इस्तानबुल प्रस्ताव गरेका छन् । सो विषयमा उनले आइतबार टर्कीका राष्ट्रपति रेचेप तैयप अर्डोगानसँग विस्तृत सल्लाह गर्ने तयारी पनि जनाएका छन् । तर, युक्रेनले भने पुटिनको प्रस्तावप्रति औपचारिक प्रतिक्रिया दिएको छैन ।

तपाईको प्रतिक्रिया