Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा फिल्म ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ। देशभक्तिपूर्ण भावनाले भरिएको यो टिजरमा समीर एक्लै फिचर छन्। जहाँ उनको दमदार एक्सन र गम्भीर भावनात्मक अभिव्यक्ति देख्न सकिन्छ। टिजरको सुरुआत ‘देशको चिन्ता’, ‘माटोले खोजेको सपुत’ जस्ता समर्पण झल्काउने संवादबाट हुन्छ। जसले समीरको पात्रको गहिरो राष्ट्रप्रेम दर्शाउँछ।

टिजरको अन्त्यमा समीरको चिच्याहटले दृश्यलाई थप प्रभावशाली बनाएको छ। निर्देशक सन्तोष सेनका अनुसार, समीरमा अभिनयका सम्पूर्ण गुण छन् र ‘बलिदान’ फिल्मले ती सबै पक्ष उजागर गरेको छ। उनले यो टिजरलाई समीरको प्रस्तुति झल्काउने पहिलो झिल्को मात्र बताउँदै, आगामी दिनमा थप टिजरहरू सार्वजनिक गरिने जानकारी दिएका छन्।

फिल्म ‘बलिदान’ आउँदो दसैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा छ। समीरसँगै फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीको समेत अभिनय रहनेछ। फिल्मको निर्माण पवन ब्राडफोर्ड बिस्टले गरेका हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।

तपाईको प्रतिक्रिया