Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको वास्तविक तलब जनवरी महिनामा वार्षिक रूपमा १ दशमलव ८ प्रतिशतले घटेको छ । यो तीन महिनापछि आएको पहिलो गिरावट हो, जसको मुख्य कारण खाना र पेट्रोलियम पदार्थको उच्च मूल्य मानिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार नाममात्रको तलब (मासिक आधारभूत तलब र ओभरटाइम भुक्तानीसमेत गरी गणना गरिएको औसत तलब) २ दशमलव ८ प्रतिशतले वृद्धि भई २ लाख ९५ हजार ५ सय ५ येन ($२,०००) पुगेको छ । पाँच वा सोभन्दा बढी कर्मचारी भएका कार्यस्थलहरूमा यो वृद्धि लगातार ३७ महिनासम्म जारी छ । तर उपभोक्ता मूल्य सूचकांक ४ दशमलव ७ प्रतिशतले बढेकाले वास्तविक तलब वृद्धि ऋणात्मक बनेको छ ।

ग्यासको मूल्य नियन्त्रण गर्न सरकारले दिएको अनुदान घट्नुका साथै चामल र ताजा तरकारीको उच्च मूल्यले मुद्रास्फीतिलाई बढावा दिएको छ । श्रम मन्त्रालयका एक अधिकारीकाअनुसार मूल्यवृद्धि कम नभएसम्म वास्तविक तलब वृद्धिदर नकारात्मक क्षेत्रमा रहन सक्ने देखिन्छ ।

वास्तविक तलब, अर्थात् मुद्रास्फीति समायोजन गरिएको तलब, जुन उपभोक्ता खरिद शक्तिको सूचक मानिन्छ, मे २०२४ सम्म लगातार २६ महिनासम्म घटेको थियो । त्यसपछि २०२४ को जून, जुलाई, नोभेम्बर र डिसेम्बर महिनामा मात्र वार्षिक रूपमा वृद्धि भएको थियो, जुन बोनस भुक्तानीका कारण सम्भव भएको हो ।

३० वा सोभन्दा बढी कर्मचारी भएका कार्यस्थलहरूमा जनवरी महिनामा वास्तविक तलब वार्षिक रूपमा ० दशमलव ७ प्रतिशतले घटेको देखिएको छ, जुन पाँच महिनापछि आएको पहिलो गिरावट हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया