Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य बढ्दा अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।

युरोको मूल्य विगत पाँच दिनदेखि लगातार घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९१ पैसा थियो ।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यसैगरी आज युरो एकको खरिददर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा छ।  हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ७६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३८ पैसा थियो । त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ६८ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८९ र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा थियो ।

तपाईको प्रतिक्रिया