Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्र भयानक डढेलोको चपेटामा परेको छ । डढेलोबाट १६ जनाको मृत्यु भइसकेको छ भन लाखौँ मान्छे घरबारविहीन भएका छन् ।

बीबीसीका अनुसार डढेलोमो अझै १३ जना मान्छे हराइरहेका छन् । यही संकटकाबीच डढेलो प्रभावित क्षेत्रमा लुटपाट पनि मच्चिएको छ । डढेलोको जोखिमले खाली गराइएका बस्तीमा लुटेराहरू छिरेका छन् । लस एन्जलस प्रहरी प्रमुख माइक लोरेन्टका अनुसार डढेलोप्रभावित क्षेत्रमा लुटपाट ठूलो समस्या भएको छ ।

लुटपाटबाट आफ्नो सम्पत्ति जोगाउन स्थानीयवासीले निजी सुरक्षा गार्ड राख्न थालेका छन् । डढेलोको जोखिमले खाली गरिएका बस्ती र खाली गर्न निर्देशन दिइएका क्षेत्रमा लुटपाट रोक्नका लागि भनेर कफ्र्यु लगाइएको छ । लुटपाट रोक्नका लागि भनेर चार सयजना प्रहरी खटाइएको छ । डढेलो प्रभावित इटन क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु लगाइएको छ ।

लुटेराको आशंकामा २० जना मानिस पक्राउ परेका छन् । लस एन्जलस क्षेत्रमा एक हप्ताअघिदेखि सुरु भएको डढेलो अझै नियन्त्रणमा आएको छैन ।

यो पनि : डढेलोले १० हजार घर नष्ट, युद्धभूमिजस्तो अवस्था

तपाईको प्रतिक्रिया