Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – अमेरिकाको भर्जिनियामा भएको एक कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब ७ बजेतिर स्यान्टिल्ली क्षेत्रको विन्डम होटल नजिकै रहेको पोखरीमा कार खस्दा घटना भएको हो ।

दुर्घटनामा ५५ वर्षीय कर्ण खड्का र उनका २० वर्षीय नातेदार निश्चल भट्टको मृत्यु भएको छ । एनबीसी वाशिङ्गटन डटकमका अनुसार, खड्का सोही होटलमा हाउस किपिङको काम गर्थे । उनले आफ्नो भान्जा नाता पर्ने भट्टलाई पनि त्यही होटलमा काम गर्नका लागि ल्याएका थिए । दुर्घटना पार्किङ क्षेत्रबाट कार चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खस्दा भएको हो ।

कारको अगाडिको भाग पूर्ण रूपमा पानीमा डुबेको थियो । त्यहाँका नेपाली समुदायका अनुसार अत्यधिक चिसो मौसम र उद्धारमा भएको ढिलाइका कारण दुर्घटनामा परेका दुवै जनालाई बचाउन सकिएन । घटनाले भर्जिनियामा रहेका नेपाली समुदाय शोकमा डुबाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया