Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – सिरियामा विद्रोही समूहहरूले आफ्नो प्रभाव विस्तार गर्दै हामा, डेरा र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन् । यससँगै उनीहरूले राजधानी दमास्कसतर्फ तीव्र गतिमा आफ्नो अभियान अघि बढाइरहेका छन् ।

विद्रोहीहरूको आधिकारिक टेलिग्राम च्यानलमा भनिएको छ, ‘हाम्रा लडाकुहरूले राजधानीमा प्रवेश गर्न सुरु गरेका छन् ।’ सीएनएनलाई दिएको जानकारीअनुसार बर्जेह क्षेत्रमा विद्रोहीहरू र सरकार समर्थक सुरक्षा बलबीच भीषण लडाइँ भइरहेको छ । स्थानीय बासिन्दाहरूले भनेका छन्, ‘विद्युत् आपूर्ति ठप्प छ र इन्टरनेटको गति निकै सुस्त छ । मानिसहरू घरबाट बाहिर निस्कन डराइरहेका छन् ।’

समाचार एजेन्सी रोयटर्सले गोलाबारीका कडा आवाजहरू सुनिएको उल्लेख गरेको छ, तर यी आवाजहरू कहाँबाट उत्पन्न भएका हुन् भन्ने स्पष्ट छैन । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी सुरक्षा बलहरूले दमास्कस विमानस्थल छोडेर पछि हटेका छन् । इराकी अधिकारीहरूले भने करिब २ हजनर सिरियाली सैनिक शरण लिन इराक पुगेका छन् ।

सिरियाली राष्ट्रपति बसर अल-असदको शासनविरुद्ध अभियान चलाइरहेका विद्रोहीहरूले एकपछि अर्को क्षेत्र कब्जा गर्दै आफूहरूको शक्ति प्रदर्शन गरिरहेका छन् । देशमा जारी संकटले जनजीवन झनै अस्तव्यस्त बनाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया