Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडास्थित मार ए लागो रिसोर्टमा भेटवार्ता गरेका छन्। यो भेटपछि दुबै पक्षबीच चिसिएको सम्बन्धमा सुधार देखिएको जनाइएको छ। क्यापिटल दंगापछि ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाता निलम्बन गरेपछि जुकरबर्ग र ट्रम्पबीच सम्बन्ध चिसिएको थियो। यसअघि, ट्रम्पले मेटाको मालिकलाई २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए।

यद्यपि पछिल्ला दिनहरूमा सम्बन्धमा सुधारको संकेत देखिएको छ। जुकरबर्गले राष्ट्रपति निर्वाचित ट्रम्पसँग रात्रिभोजमा सहभागी हुँदै आगामी प्रशासनबारे छलफल गरेका छन्। राष्ट्रपति ट्रम्पसँगको भेटवार्ताको निमन्त्रणा र आगामी प्रशासनसँग विचार-विमर्श गर्न पाएकोमा मार्क कृतज्ञ भएको मेटाका प्रवक्ताले बीबीसीसँग बताएका छन्। ट्रम्पसँग जुकरबर्गको यो भेटले प्राविधिक क्षेत्रका प्रमुख व्यक्तित्वसँग ट्रम्पको सम्बन्धलाई थप बलियो बनाउने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया