Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित भारतीय संगीतकार तथा गायक एआर रहमान र उनकी पत्नी सायरा बानुले २९ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्ने निर्णय गरेका छन्। उनीहरूले विवाहको २९ वर्षपछि सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन्। उनीहरूले फ्यानहरूलाई आफ्नो निर्णयप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै वकिलमार्फत छुट्टिने निर्णयको जानकारी दिएका छन्। कानूनी सल्लाहकार बन्दना शाहका अनुसार लामो वैवाहिक जीवनपछि सम्बन्धमा आएको भावनात्मक तनावकै कारण यो कठिन निर्णय लिइएको हो।

‘विवाहको धेरै वर्षपछि श्रीमति सायराले आफ्नो श्रीमान एआर रहमानसँग अलग हुने निर्णय लिएकी छन्। यो निर्णय उनीहरूको सम्बन्धमा महत्वपूर्ण भावनात्मक तनावपछि आएको हो। एक अर्काप्रति गहिरो माया हुँदा पनि तनाव र कठिनाइले यस्तो खाल्डो पैदा भयो जसमा कुनै पक्ष सुधार देखिएन। श्रीमति सायराले दुख र पीडाका कारण यो निर्णय लिएकी हुन्,’ प्रेस रिलिजमा लेखिएको छ।

एआर रहमानले एक्समा पोस्ट गर्दै सम्बन्ध समाप्त भएको पुष्टि गरेका छन्, भने सायरा बानुले पनि छुट्टिने निर्णयको जानकारी प्रेस वक्तव्यमार्फत दिएकी छन्। उनले यो निर्णयले धेरै दुःख र पीडा दिएको बताएकी छन्। रहमान र सायरा बानुले सन् १९९५ मा विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।

तपाईको प्रतिक्रिया