Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले तडकभडकपूर्ण पहिरन र असभ्य व्यवहार देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्। यसबारे साउदीस्थित नेपाली दूतावासले चेतावनी जारी गर्दै, अमर्यादित पहिरन नलगाउन र सार्वजनिक स्थलमा चुरोट तथा मदिरा सेवन नगर्न आग्रह गरेको छ।

दूतावासका अनुसार सुनको सिक्री, ब्रास्लेट, हाफपाइन्ट जस्ता तडकभडकपूर्ण पहिरन लगाएर हिँड्ने नेपाली कामदारलाई साउदी प्रहरीले नियन्त्रणमा लिन थालेको छ। सार्वजनिक मर्यादा र शिष्टाचार उल्लंघन गर्ने यी क्रियाकलापहरू साउदीको कानुनविपरीत भएकाले नेपालीहरूलाई जरिवाना तथा अन्य कानुनी झमेलामा परेका छन्।

साउदीमा सार्वजनिक स्थानमा नम्र र सभ्य लुगा लगाउनुपर्ने कानुनी व्यवस्था छ। साउदीमा ट्याटु खोप्ने, बाहुलाविहीन सर्ट लगाउने तथा शरीरका धेरै भाग देखिने कपडा लगाउनु कानुनी रुपमा अवैध ठहरिन्छ। दूतावासले साउदीमा काम गर्ने नेपालीहरूलाई साउदीको धार्मिक र सांस्कृतिक मर्यादा पालना गर्नुको साथै अनुशासनहीन र असभ्य गतिविधि नगर्न बारम्बार सचेत गराउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया