Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सलमान खानपछि अब भारतीय अभिनेता शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ। फैजान खान नामका एक व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएर फिरौती समेत मागेका छन्। यसबारेमा मुम्बईको बान्द्रा पुलिस स्टेशनमा औपचारिक उजुरी दर्ता भएको छ।

शाहरुखलाई फोनमार्फत उक्त धम्की आएको र मुम्बई पुलिसले तुरुन्तै छानबिन सुरु गरेको बताइएको छ। घटना छानबिनका लागि मुम्बई पुलिसको एक टिम छत्तीसगढको रायपुरमा समेत पुगेको छ। फैजान खान नामका व्यक्ति विरुद्ध बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ।

धारा ३०८(४) र ३५१(३)(४) अन्तर्गत फैजानविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको भए पनि मुम्बई पुलिसले औपचारिक पुष्टि गर्न भने बाँकी रहेको छ। रायपुरका प्रहरी अधिकारीले मुम्बई पुलिसले फैजानलाई नोटिस पठाएको जानकारी दिएका छन्।

शाहरुख खानलाई यसअघि पनि पटक-पटक धम्की आएको थियो। विशेष गरी उनको फिल्म “पठान” र “जवान” को सफलतापछि यस्ता धम्कीहरू आएका थिए।

 

 

तपाईको प्रतिक्रिया