काठमाडौं – अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् ।
उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् ।
निराश ह्यारिसका समर्थक
डोनल्ड ट्रम्पले फ्लोरिडामा आफू विजयी भएको घोषणा गर्नुअघि नै वाशिङ्टन डीसीमा भेला भएका डेमोक्र्याटहरू हताश देखिएका थिए ।
हाउअर्ड यूनिभर्सिटी परिसरमा समर्थकहरूको भेलालाई उनले सम्बोधन गर्ने अपेक्षा गरिएको थियो । तर उनले भाषण नगर्ने थाहा पाएपछि उनीहरू घर फर्किए। त्यहाँ खाली कुर्सी र झण्डाहरू मात्र देखिन्छ ।








