Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेता अजय देवगनको बहुप्रतीक्षित फिल्म “सिंघम अगेन”ले दीपावलीमा शानदार ओपनिङ गरेको छ। फ्यानहरूले लामो समयदेखि निर्देशक रोहित शेट्टीको यस मल्टिस्टारर फिल्मको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका थिए।

रिलिजको पहिलो दिन बक्स अफिसमा “सिंघम अगेन” ले उत्कृष्ट प्रदर्शन गर्ने पहिल्यनै अनुमान गरिएको थियो। बम्पर अग्रिम बुकिङ र फिल्ममा अजय देवगनसहित ठूला कलाकारहरूको उपस्थितिले यो फिल्मले ओपनिङ दिन बक्स अफिसमा धमाका मच्चाएको थियो।

प्रारम्भिक रिपोर्ट अनुसार, “सिंघम अगेन” ले पहिलो दिनमा ४३ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। यससँगै यो फिल्म अजय देवगनको करियरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। यसअघि सन् २०१५ मा रिलिज भएको “सिंघम रिटर्न्स” ले पहिलो दिन ३२ करोडभन्दा बढीको कमाई गरेको थियो।

फिल्ममा अजय देवगनसँगै करिना कपुर, अर्जुन कपूर, ज्याकी श्राफ, अक्षय कुमार, दीपिका पादुकोण, टाइगर श्राफ र रणवीर सिंहको अभिनय रहेको छ।

 

 

तपाईको प्रतिक्रिया