Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – नेपालीहरुको अर्को महान पर्व दीपावलीको अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालको जापान शाखाले टाईगर ग्रुप साँगीतिक साँझ गर्ने भएको छ ।

उक्त साँगीतिक साँझ यहि अक्टुबरको ३० तारिख बुधबारका दिन शिन-कामाता हलमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुने कार्यक्रम संयोजक ध्रुब ज्ञवालीले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालका लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरु ईन्द्र जिसी, बन्दना पाण्डे र ज्योति लोहनीलाई आमन्त्रण गरिएको आयोजक संस्थाका अध्यक्ष चन्द्र खत्रीले समुद्रपारिलाई बताए ।

नेपालबाट आमन्त्रित कलाकारहरुलाई जापानमै रहेर प्रदेशी गायकको परिचय बनाएका गायक सूर्य खड्का, प्रथम गुरुङ, बिपिन गुरुङ लगायतका कलाकारहरुले साथ दिने भएका छन् ।

हालै नेपालमा बाढि, पहिरो तथा डुबानले पुर्‍याएको ठूलो जनधनको क्षतिबाट पीडितहरुको सहयोगार्थ दीपावलीको अवसर पारेर उक्त साँगीतिक साँझ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सचिव भिक्टर ठाडा मगरले जानकारी दिए । ‘मानवीय सहयोगका उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भई सहयोग गर्न जापानबासी नेपालीहरुमा हार्दिक अपिल गर्दछौं’ – सचिव ठाडा मगरले भने ।

नेपालीहरुको दोस्रो महान चाड दीपावलीको पूर्व सन्ध्यामा जापानबासी नेपालीहरुलाई साँगीतिक माहौलमा मनोरञ्जन दिलाउनुका साथै बाढि पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै आयोजक सँस्थाका संरक्षक श्री गुरुङले खेलकुदका साथसाथै साँगीतिक क्षेत्रमा पनि गतिविधि गर्दै जाने टाईगर ग्रुपको उद्देश्य रहेको जानकारी दिए । ***

तपाईको प्रतिक्रिया