Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – माग्ने बूढा भनेर चिनिने कलाकार केदारप्रसाद घिमिरेले माफी मागेका छन्। उनले केही समयअघि एक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भनी विवादास्पद टिप्पणी गरेका थिए। उक्त शब्दप्रति सर्वत्र आलोचना भएपछि उनले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन्।

फेसबुकमा उनले लेखेका छन् “एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु,” । माग्ने बूढाले प्रयोग गरेको शब्दप्रति अभिनेता विराज भट्टले आपत्ती जनाएका थिए।

भट्टले निर्माण गरेको सिनेमा ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । सो सिनेमामा भट्टले छोरा समीरलाई नायकमा डेब्यु गराएका छन्। त्यस्तै ‘१२ गाउँ’ सँगै माग्ने बूढा अभिनित फिल्म ‘छक्का पञ्चा ५’ प्रदर्शनमा छ। फिल्मको प्रचार प्रसारकै दौरानमा घिमिरेले ‘१२ गाउँ’ प्रति कटाक्ष गर्दै ‘साइबर सेना’ शब्द प्रयोग गरेकोले विवाद चुलिएको थियो।

 

तपाईको प्रतिक्रिया