Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन्। उनी आफ्नो फिल्म ‘शाम्बाला’ को प्रिमियरमा सहभागी हुन शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई नेपाली फ्यानहरूले घेरेका थिए। उनले केहीसँग सेल्फी खिचे भने केहीलाई अटोग्राफसमेत लिने मौका दिए।

‘शाम्बाला’ फिल्मको निर्देशन मीनबहादुर भामले गरेका हुन्। यसको नेपाल प्रिमियर भदौ २३ गते काठमाडौँमा हुँदैछ। भाम र नवाजुद्दीनबीच पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो। बर्लिनमा भेट हुँदा नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए।

यो फिल्म बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयको लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ गतेदेखि प्रदर्शनमा आउने छ।

 

तपाईको प्रतिक्रिया