Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै प्रदायक संस्थाहरुलाई यो प्रतिबन्ध हटाउन आधिकारिक रूपमा सूचित गरेको हो।

सरकारले २०८० साल कार्तिकदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो तर भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय भए पनि इन्टरनेट सेवा प्रदायकहरूले सरकारबाट आधिकारिक निर्देशन नपाएको भन्दै प्रतिबन्ध फुकुवा गरेका थिएनन्। प्राधिकरणको हालको निर्देशनपछि अब भने सबै इन्टरनेट सेवामा टिकटक पहुँच उपलब्ध भएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया