Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

‘माइतीको इज्जत जाला भनेर…, बसेकी छु बाबा घर धानेर…’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा पीडा सुनाउँदै छिन्, सर्जक तथा गायिका ज्ञानसरा जुग्जाली (छन्त्याल) ।

टोकियो – ज्ञानसराको नयाँ तीज गीत ‘माइतीको इज्जत..’ सार्वजनिक भएको छ । पुरानी गायिका ज्ञानसराकै शब्द, संगीत र स्वरमा रहेको गीत निकै मार्मिक बनेको छ ।  छोरी मान्छे विवाह गरेर पराइ घर जाँदा तीज र अन्य चाडबाडमा आउने माइतीको सम्झनालाई मौलिक शब्दमार्फत गीतमा प्रस्तुत गरिएको छ । साथी सङ्गी र आफन्तको याद, माइतीमा बिताएका दिन र गीतमा माइती जान नपाएकी चेलीको भावनालाई गीतले बोलेको छ ।

कर्म घरको व्यस्तता र बाध्यताले जन्मघर जान नपाउँदाको भावलाई बोलेको गीत  दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ । पुरानो भाका र टिपिकल शब्दसहितको मौलिक गीत उत्कृष्ट बनेको छ । गीतको म्युजिक भिडिओमा पनि गायिका ज्ञानसरालाई नै देख्न सकिन्छ । ***

तपाईको प्रतिक्रिया