Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मीनबहादुर भाम द्वारा निर्देशित फिल्म ‘शाम्बाला’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमका क्रममा फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो। यो फिल्म आगामी भदौ २८ गतेदेखि प्रदर्शनमा आउने छ।

फिल्मको कथा हिमाली क्षेत्रकी गर्भवती महिलाले ल्हास्सामा हराएका आफ्ना श्रीमान खोज्ने यात्रालाई केन्द्रमा राखेर तयार गरिएको छ। यस फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, र लोटेन नम्लिङ जस्ता कलाकारहरूले अभिनय गरेका छन्।

नेपाली र टिबेटियन भाषामा बनेको यो फिल्म डोल्पाको ४,२०० देखि ६,००० मिटरको उचाइमा छायांकन गरिएको हो। फिल्मको कथा निर्देशक मीनबहादुर भाम र अविनाश विक्रम शाहले मिलेर लेखेका हुन्। यो फिल्मको बजेट ९ लाख ८० हजार युरो रहेको छ र यसले बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा स्थान पाएको थियो।

तपाईको प्रतिक्रिया